राजेन्द्र लिङ्देनले दिए सांसद पदबाट राजीनामा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसदको पदबाट राजीनामा दिएका छन्। आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै राजीनामा घोषणा गरेका हुन्।

उनले संसदको आयु मंसिर ४ गतेपछि पनि कायम राख्ने निर्णयले आफूलाई लज्जित बनाएको बताए।