
काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सभापति पदमा पराजित नेता डा. शेखर कोइरालाले अर्को महाधिवेशनमा आफूहरु सफल हुने बताएका छन् ।
बुधबार मतदातालाई धन्यवाद दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै डा. कोइरालाले आफू काँग्रेसको रुपान्तरणमा लागिसकेको भन्दै आगामी अधिवेशनमा सफल हुने बताए ।
डा. कोइरालाले आफूहरुले भागबण्डा र गुटबन्दी नगर्ने उल्लेख गरे । मतदाताले माया, सम्मान र इज्जत दिएको भन्दै उनले सबैलाई धन्यवाद दिए ।

फरकबाटो २९ मंसिर २०७८, बुधबार २१:०९