मुख्यमन्त्री शाहीले विश्वासको मत पाए, राप्रपाको पनि समर्थन

सुर्खेत ।  मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् । बुधबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत पाएका हुन् ।

मुख्यमन्त्री शाहीले विश्वासको मत छ भनि राखेको प्रस्तावको पक्षमा २२ मत परेको छ । आजको बैठकमा प्रमुख प्रतिपक्ष दल एमाले भने महाधिवेशनका कारण उपस्थित नभएकोले २२ मत नै परेको थियो ।

राप्रपाले पनि मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएर सरकारलाई समर्थन गरेको हो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजबादी) तीन दलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्री शाही कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
प्रदेशसभामा एमालेका १३, माओवादी केन्द्रका १२ , काँग्रेसका ६ र राप्रपाका एक जना प्रदेशसभा सदस्य रहेका छन् ।