एनसेलले सबै ’लोकल कल’ को महसुल दर घटायो


काठमाडौं । एनसेलका ग्राहकले अब अझै सस्तोमा नेपालभर एउटै कल दरमा भ्वाइस सेवाको लाभ लिन सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनै पनि दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महसुल दर करबाहेक १ रुपैयाँ ९९ पैसा प्रति मिनेटबाट घटाइ करबाहेक प्रति मिनेट १ रुपैयाँ ६२ पैसा कायम गरेको छ ।

प्रिपेड ग्राहकका लागि लागू भएको यो नयाँ महसुल दरले देशभर समान रूपमा अन्य नेटवर्कमा मुख्य ब्यालेन्सबाटै ’पे एज यू गो’ दर अन्तर्गत कल गर्न अझै सुलभ बनाएको छ ।

यो परिमार्जित नयाँ महसुल दर गएको शुक्रवार (माघ २८) देखि लागू भएको हो । नयाँ महसुल दरको लाभ लिन ग्राहकले ८१७१०७३ डायल गरी सेवा निःशुल्क सुरु गर्न सक्ने एनसेलले जनाएको छ ।

नयाँ महसुल दरले ग्राहकलाई मुख्य ब्यालेन्सबाट ढुक्कसँग अन–नेट र अफ–नेट भ्वाइस कल गर्न सजिलो र सहज बनाउँदछ ।

यो नयाँ महसुल दर २०७९ साउन २४ गतेसम्म लागू रहनेछ । उज्यालो