
सुर्खेत । दैलेखमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । दैलेखको नारायण नगरपालिका–११ को भन्भनेमा रहेको लोहोरे खोलामा डुबेर नौमुले गाउँपालिका–८ चौराठाका १८ वर्षीय खगेन्द्र नेपालीको मृत्यु भएको हो ।
आज दिउँसो लोहोरेखोलामा पौडी खेल्न लाग्दा डुबेका नेपाली मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

फरकबाटो २३ बैशाख २०८०, शनिबार २१:१४