अक्सिजन प्लान्टमा भएको विष्फोटको छानबिन गर्न गृहमन्त्रीको निर्देशन

काठमाण्डौ । गृहमन्त्री बालकृष्ण खाँणले ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विष्फोटको छानबिन गर्न निर्देशन दिनुभएको छ ।

गृहमन्त्री खाँणले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय र महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेललाई घाइतेको उपचार र घटनाको तत्काल छानबिन गर्न निर्देशन दिएका छन् ।

विष्फोटमा परेर एक जनाको ज्यान गएको छ । ७ जना घाइते भएका छन् । उनीहरुको पाटन र बीएण्डबी अस्पतालमा उपचार भैरहेको छ । औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा बिहान अक्सिजन भर्ने क्रममा विष्फोट भएको ललितपुर प्रहरीले जनाएको छ ।