विश्व मधुमेह दिवस सप्ताहव्यापी रुपमा मनाइँदै : यस्तो छ, मधुमेहले आँखामा पार्ने असर

काठमाण्डाै ‍। विश्व मधुमेह दिवस यसवर्ष नेपालमा सप्ताहव्यापी रुपमा मनाइँदैछ । ‘मधुमेह सेवामा पहुँच बढाऔँ’ साथै ‘सुरक्षित भविष्यको लागि मधुमेहबारे जानौँ’ भन्ने मूल भाव तथा नाराका साथ आजदेखि मङि्सर एक गतेसम्म मधुमेहको आँखामा असर सम्बन्धी सचेतना सप्ताहका रुपमा मनाउन लागिएको हो ।

Doctor use glucosmeter checking blood sugar level from patient hand
876767526
test, meter, medical, diabetic, closeup, measurement, glucometer, white, person, human, instrument, healthcare, sample, clinic, health

सप्ताहका अवसरमा तिलगङ्गा आँखा प्रतिष्ठानले अस्पतालको हाताभित्र जानकारीमूलक विभिन्न सामग्री वितरण गर्दैछ । भोलि शनिवार साइकल र्यालीको आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ । र्याली काठमाण्डौको तिलगङ्गाबाट लैनचौर हुँदै स्वयम्भू र स्वयम्भूबाट टेकु, त्रिपुरेश्वर, नयाँ बानेश्वर हुँदै तिलगङ्गा पुग्नेछ । स्वयम्भू सामुदायिक आँखा केन्द्रमा भोलि मधुमेह भएका व्यक्तिको निःशुल्क आँखा जाँच तथा निःशुल्क लेजर उपचार र फण्डुस फोटोको सेवा प्रदान गरिँदैछ । त्यसैगरी मधुमेह दिवसको मुख्य दिन कात्तिको २८ गते स्वास्थ्य शिक्षा कार्यक्रमको आयोजना गरिएको छ ।

अन्धोपना, खुट्टा काट्नुपर्ने अवस्था, हृदय रोग, मिर्गौलाले काम नगर्ने अवस्था र असामयिक निधनको प्रमुख कारणको रुपमा मधुमेह देखिएको छ । हरेक तीन मध्ये एक जना मधुमेहका बिरामीमा आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारले दृष्टीमा क्षति हुन्छ । दुईमध्ये एक वयस्कमा मधुमेह रोगको निदान भएको छैन । विश्वमा १० जनामध्ये १ जनामा मधुमेह देखिएको छ । गर्भावस्थामा रहँदा प्रत्येक ६ जनामध्ये १ जनामा मधुमेह प्रभाव देखिन्छ । मधुुमेह भएका व्यक्तिलाई यसबाट हुने असरको व्यवस्थापन गर्न नियमित शिक्षाको पहुँच पुर्याउन आवश्यक छ ।

अन्तर्राष्ट्रिय मधुमेह सङ्घका अनुसार विश्वभर ५ सय ३७ मिलियन मानिस मधुमेहबाट ग्रसित छन् । आँखामा देखिने समस्या मध्ये डायबेटिक रेटिनेपेथी दृष्टिविहीन गराउने कारणहरु मध्ये एक प्रमुख कारण हो । विश्वमा कुल अन्धोपनामध्ये ४ दशमलव ८ प्रतिशत अन्धोपना डायबेटिक रेटिनोपेथीको कारणले हुने गरेको र आँखामा मधुमेहले पार्ने असरबारे जनचेतनाको अभावले गर्दा बिरामी निकै ढिला अस्पताल आउने गरेको पाइएको छ । मधुमेहका व्यक्तिमा अन्य व्यक्तिको तुलनामा दुई गुणा बढि हुन्छ भने अन्धोपनको समस्या पच्चिसौँ गुणा बढि हुने गर्छ ।

मधुमेहले आखाँको पर्दा अर्थात् रेटिनामा असर पार्छ । मधुमेह भएका व्यक्तिमा आँखा धमिलो हुँदासम्म रेटिनामा क्षति भइसकेको हुन्छ । आँखामा धेरै असर गरिसकेपछि मात्र रोगको बारेमा थाहा हुन सक्छ जति बेला उपचारपछि पनि पूर्ण रुपमा दृष्टि फर्काउन कठिन हुन्छ ।

मधुमेहले आँखाको पर्दाको रक्तकोशिकामा असर गरी पर्दाको रक्तसञ्चारमा प्रभाव पार्छ । यदि आँखाको पर्दामा असर छ भने उपचारपछि पनि नियमित आँखा परीक्षण गराउनुपर्ने नेत्र विशेषज्ञको भनाइ छ । मधुमेह रोगको पहिचान हुनासाथ डाक्टरको सल्लाह अनुसार नियमित रुपमा आँखाको परीक्षण गराउन र समयमै मधुमेह रोग तथा यसबाट हुनसक्ने असरका बारेमा सचेत बन्न पनि नेत्र विशेषज्ञको सल्लाह छ ।