दैलेखमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु


दैलेख । बेस्तडा बजारदेखि दैलेख सदरमुकाम आउँदै गरेको जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भगवतीमाई गाँउपालिकाको बेस्तडा बजारदेखि सदरमुकामतर्फ आउँदै गरेको लु २ च ४८२९ नम्बरको जीप नारायण नगरपालिका–११ मा आज बिहान नौ बजे दुर्घटना भएको हो ।

प्रहरी प्रमुख भुवेश्वर शाहका अनुसार जीप दुर्घटना दुर्घटनामा परी भगवतीमाई गाँउपालिका–६ स्थायी घर भइ वडा नं १ मा बस्ने कृष्ण रोकायको मृत्यु भएको छ । उनी जीप चालक रहेको उनले बताए । दुर्घटनामा परी ८ जना घाइते भएका छन् । घाइते तीन जनालाई थप उपचारका लागि सुर्खेत रिफर गरिएको उनले बताए । दुर्घटना कसरी भयो भन्ने बारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।