कर्णाली सरकारले आज नीति, कार्यक्रम ल्याउँदै

सुर्खेत । कर्णाली प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । आगामी आर्थिक वर्ष २०७९/०८० का लागि सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको हो ।

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले दिउँसो तिनबजे नीति कार्यक्रम सदनमा पेश गर्ने कार्यक्रम रहेको छ ।

संसद सचिवालय कर्णाली प्रदेशका सचिव जिवराज बुढाथोकीले दिउँसो तिनबजे प्रदेश प्रमुखले अगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्ने तयारी रहेको जानकारी दिए ।