
सुर्खेत । कर्णाली प्रदेशमा एकै दिन ३१३ संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार शुक्रबार ४७४ जनामा परीक्षण गर्दा ३१३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
निर्देशनालयले सुर्खेतमा २१५, सल्यानमा २८, जुम्लामा २५, कालीकोटमा १९, दैलेखमा १५ रुकुमपश्चिम र जाजरकोटमा तीन\तीन जनामा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिएको छ । योसँगै कर्णाली प्रदेशमा सक्रिय संक्रमितको संख्या एक हजार २४ पुगेको छ ।

फरकबाटो ७ माघ २०७८, शुक्रबार १८:२२