
सुर्खेत । निजी क्षेत्रका स्वास्थ्य संस्थाबाट गुणस्तरीय परिवार योजना सेवा प्रदान गर्न लागि निजी स्वास्थ्य संस्थाहरुको क्षमता अभिबृद्धि गरिने भएको छ । सुर्खेतका ३० वटा निजी स्वास्थ संस्थाहरू (पोलिक्लिनिक, फार्मेसी र अस्पतालहरू) को क्षमता अभिबृद्धि गरिने भएको हो ।
मुमेन्ट निजी स्वास्थ्य सेवा प्रवाह नेपाल (एम.पी.एच.डी) परियोजना अन्तर्रगत निजी स्वास्थ्य संस्थाहरुको क्षमताबृद्धि गरिदैछ । १५ देखि २९ बर्ष उमेर समूहका किशोर किशोरीहरुलाई गर्भ निरोधक साधनहरुको प्रयोग, परिवार योजना सम्बन्धि परामर्श, सेवाग्राही केन्द्रीत परिवार योजना र आवश्यकता अनुसार स्वास्थ्य संस्थालाई रेफरल सेवा दिन सक्ने गराउने उद्देश्यले यो परियोजना लागु गर्न लागिएको हो ।
यूएसएआइडीको आर्थिक सहयोगमा सुरु भएको परियोजना सुर्खेतका दुई स्थानिय तहमा सञ्चालन हुनेछ । परियोजना संयोजक तेजबहादुर विष्टले वीरेन्द्रनगर नगरपालिका र भेरीगंगा नगरपालिकाका ३० वटा निजी स्वास्थ संस्थासँग समन्वय गरेर विभिन्न कार्यक्रम संचालन गरिने बताए ।
‘परियोजनाले सेवा प्रदायक संस्थालाई गुणस्तरीय सेवा प्रदान गर्न क्षमताबृद्धी गर्दैछ ।, उनले भने ‘ सेवा प्रदायक संस्थाको व्यवस्थापकीय क्षमता बृद्धि गर्न समेत यसको भूमिका रहनेछ ।,
आइतबार वीरेन्द्रनगरमा मुमेन्ट निजी स्वास्थ्य सेवा प्रवाह नेपालले आयोजनाले गरेको परिचयात्मक कार्यक्रममा परियोजना संयोजक विष्टले सेवा अभिवृद्धिका लागि कार्यरत जशक्तिलाई परामर्श तथा अभिमुखिकरण समेत गरिने बताए ।
सन् २०२२ मे सम्म सञ्चालन हुने परियोजना तीनवटै तहका सरकार र निजी स्वास्थ्य संस्थासँगको आपसी समन्वयमा पाइलोटिंग प्रोजेक्टका रुपमा लागु गरिएको हो । कार्यक्रममा प्रदेश स्वास्थ सेवा निर्देशनालयका निर्देशक डाक्टर रविन खड्का, जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधी वाग्ले र भेरीगंगा नगरपालिकाका स्वास्थ शाखा प्रमुख राजेश बुढाले परिणामुखि काम गर्न सुझाव दिएका थिए ।

फरकबाटो २४ आश्विन २०७८, आईतवार २१:२८