प्यारालम्पिक प्रदेश अध्यक्षमा सापकोटा

सुर्खेत । राष्ट्रिय प्यारालम्पिक कर्णाली प्रदेश कमिटि अध्यक्षमा किरण सापकोटा चयन भएका छन् । सापकोटाको अध्यक्षतामा १३ सदस्यीय कमिटि शुक्रबार गठन गरिएको हो ।

कमिटिको उपाअध्यक्षमा धर्मराज रावल, सचिवमा भपिन्द्र रोकाय,सह–सचिवमा धनसरा शाही,  कोषाध्यक्षमा मदन कार्की चयन भएका हुन् ।

त्यस्तै सदस्यहरुमा दिपक आले, पुर्णबहादुर सिजापती, सन्तोष पुन, विजय शाही, टेकबहादुर खत्री, हाँसा नेपाली र जितबहादुर नेपाली चयन भएका हुन् ।

त्यस्तै कमिटिको सल्लाहकारमा कर्णाली प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमाल, जिल्ला खेलकुद विकास समितीका अध्यक्ष रामबहादुर वली र किशोर शाही रहेका छन् ।