सभापतिले शक्तिका रुपमा स्वीकार नगरेको शेखर समूहको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले सभापति शेरबहादुर देउवाले आफूहरुलाई शक्तिका रुपमा स्वीकार नगरेको निष्कर्ष निकालेको छ ।

कोइराला समूहका नेताहरुको मंगलबार बसेको बैठकमा केन्द्रीय सदस्यहरुको मनोनयन र राष्ट्रियसभाका उम्मेदवारहरु चयनबारे छलफल भएको थियो । सभापति देउवाले दुई पटक गरेको मनोनयनमा रामचन्द्र पौडेलबाहेक उनलाई मत दिनेहरु मात्र परेका छन् ।