प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक


सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बुधबार दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरी तिमल्सिनाले जानकारी दिए । यसअघि सोमबार र बिहीबार नियमित मन्त्रिपरिषद बैठक बस्ने गरेको थियो । तर, यो पटक भने बुधबार बैठक बस्न लागिएको हो ।

मन्त्रिपरिषद्को नियमित बैठक भएकोले समसामयिक विषयमा छलफल हुने बताइएको छ ।