वीरेन्द्रनगरमा सुरु भयो माओवादीको प्रशिक्षण

सुर्खेत । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश कमिटीको आयोजनामा वीरेन्द्रनगरको सिटी हलमा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । प्रशिक्षण कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, शक्ति बस्नेत लगायतका नेताहरुको उपस्थिति रहेको छ । प्रशिक्षण कार्यक्रमले कर्णालीमा आगामी मंसिर ४ मा हुने प्रदेश र संघको चुनावलाई मार्गनिर्देशन गर्ने अपेक्षा नेताहरुले लिएका छन् ।

कार्यक्रममा सहभागी हुनका लागि १० वटै जिल्लाबाट नेता, कार्यकर्ताहरु राजधानी वीरेन्न्द्रनगरमा आएका छन् । बुधबार र बिहीबार पनि माओवादीले कार्यकर्ता भेला गरेर बृहत् छलफल गरेको छ । जिल्ला समन्वय समितिको सभाहलमा गरिएको कार्यक्रमा शक्ति बस्नेत र जनार्दन शर्माले नेता कार्यकर्तालाई आगामी चुनावी रणनीतिका बारेमा प्रशिक्षण दिएका थिए । सो कार्यक्रमा आगामी निर्वाचनमा कर्णालीमा माओवादी पहिलो पार्टी बनाउनुपर्नेमा जोड दिइएको थियो ।