मटेला ब्वाइजद्वारा ७६ जना विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग

सुर्खेत ।  मटेला ब्वाइजले चिङ्गाड गाउँपालिकामा विद्यार्थीहरुलाई न्यायो कपडा वितरण गरेको छ । गाउँपालिका अन्तरगत वडा नम्बर ३ र ४ का ८ वटा विद्यालयमा मटेला ब्वाइजद्वारा ७६ जनालाई न्यानो कपडा वितरण गरेको हो ।

काठमाडौंका मुकेश खतिवडाको आर्थिक सहयोगमा विपन्न तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको मटेला ब्वाइजका अध्यक्ष खगेन्द्र जिसीले जानकारी दिए ।

नेपाल राष्ट्रिय प्राथमिक विद्यालय टुलेमा ५, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय काडाँघुवानीमा ७, नेपाल राष्ट्रिय प्राथमिक विद्यालय खोलाकाटे ५, नेरा प्रावि सल्यानगैरा ५, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय १२, सियाँलामा ५, मालिका माध्यमिक विद्यालय २५, भगवती प्राथमिक विद्यालय ५ र लक्ष्मी नेपाल राष्ट्रिय प्राथमिक विद्यालय ५ जनालाई न्यानो कपडा वितरण गरिएको हो । यस अघि मटेला ब्वाइजले ठाँटिबजारको लागि ९५ वटा डस्टबिन सहयोग गरेको थियो ।

ठाँटी बजारको लागि अटो स्ट्रीट लाईटसँगै आगामी दिनमा विभिन्न कार्यक्रमको योजना तयार गर्दै गरेको संस्थापक संयोजक चन्द्र जिसीले बताए ।