राष्ट्रियसभा चुनाव : माओवादी केन्द्रले कर्णालीमा नरबहादुर विष्टलाई उम्मेदवार बनायो

सुर्खेत । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य चुनावका लागि कर्णालीबाट नरबहादुर विष्टलाई उम्मेदवार बनाएको छ । माओवादी केन्द्रले अपाङ्गता कोटाबाट उनलाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाएको हो ।

यस्तै माओवादी केन्द्रले प्रदेश २ मा उर्मिला अर्याल, गण्डकीमा सुरेश आलेमगर (अन्य समूह) ,  भरत सुनार (दलित) र सुदूरपश्चिममा जगत पार्की (दलित)लाई उम्मेदवार चयन गरेको हो ।

माओवादीको केन्द्रीय समिति बैठकले राष्ट्रिय सभा सदस्यका उम्मेदवार चयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो । प्रचण्डले आज उम्मेदवारको टुंगो लगाएको उनको सचिवालयले जनाएको छ । आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ ।