
सुर्खेत । माओवादी केन्द्र पञ्चपुरी नगरपालिकाको अध्यक्षमा केशव शाही निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न दोस्रो नगर सम्मेलनबाट शाही सर्वसम्मत निर्वाचित भएका हुन् ।
शाहीको नेतृत्वमा ६५ सदस्यीय कार्य समिति निर्वाचित हो ।
यस्तै उपाध्यक्षमा ओम प्रकाश सुवेदी, डिल्लीराम निउरे र भुपेन्द्र सिजापति रहेका छन् । सचिवमा जगत बहादुर सावद, सहसचिवमा पारस विष्ट र कोषाध्यक्षमा अमृत देउवा निर्वाचित भएका छन् ।

फरकबाटो ११ मंसिर २०७८, शनिबार ०८:२८