सरकारी निवास बालुवाटार सरे प्रधानमन्त्री प्रचण्ड


सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारी निवास बालुवाटारमा सरेका छन् । उनी बुधबार साँझ बालुवाटार प्रवेश गरेका हुन् ।

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार विहानमात्र बालुवाटारबाट भाडाको घरमा सरेका थिए । प्रधानमन्त्री प्रचण्ड ज्योतिषले निकालेको साइतमा बालुवाटार प्रवेश गरेका हुन् । उनले बालुवाटारमा गृहप्रवेशअघि पूजापाठसमेत गरेका थिए ।