कर्णालीका मुख्यमन्त्री शाही कांग्रेस केन्द्रीय सदस्यमा मनोनित

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । सभापति शेरबहादुर देउवाले मुख्यमन्त्री शाहीसहित कल्याण गुरुङ र प्रदीप पौडेललाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।

उनीहरु तीनै जना १४ औं महाधिवेशन पदमा पराजित भएका थिए । गुरुङ सभापतिमा, पौडेल महामन्त्रीमा र शाही सहमहामन्त्री पदमा उम्मेदवार थिए ।