
नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले सरकारबाट गए पनि जनताको मनबाट नगएको बताएका छन् । एमाले कर्णाली प्रदेश कमिटीले आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमाले जनताको मनमनमा रहेको बताएका हुन् ।
उनले भने, ‘एमाले सरकारबाट गएको हो । जनताको मनबाट गएको छैन् । जनताको मनमनमा एमाले छ । अहिले हामी प्रतिपक्ष छौँ । आगामी निर्वाचनमा अझै शक्तिशाली भएर आउने छौँ ।’
उनले २०७४ सालको निर्वाचन भन्दा आगामी निर्वाचनमा एमालेले अझै राम्र स्थान ल्याउने बताए । उनले राष्ट्रिय राजनीतिलाई फोहोरी बनाउन खोजिउको भन्दै सफा गर्न जरुरी रहेको उल्लेख गरे ।

फरकबाटो ६ चैत्र २०७८, आईतवार १५:११