
काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन बिहीबारको बन्दसत्र हलबाट पारित भएको छ ।
राजनीतिक प्रतिवेदन एकमतले पारित भएको पार्टी अध्यक्ष प्रचण्डका प्रेस संयोजक सुरेश रेग्मीले जानकारी दिए । विधान र राजनीतिक प्रतिवेदन पारित भएसँगै आजको बन्दसत्रको कार्यक्रम सकिने पनि उनले बताए ।
पार्टी अध्यक्ष प्रचण्डद्धारा प्रस्तुत राजनीतिक दस्तावेजमा २५ समूहबाट मौखिक र लिखितरुपमा सुझाव पेश भएको थियो ।

फरकबाटो १६ पुष २०७८, शुक्रबार १७:१४