कर्णाली किनारमा तीन जिल्लाको सुरक्षा बैंठक

सुर्खेत । मंसिर ४ गते हुने आम निवार्चनलाई लक्षित गरेर कर्णाली नदि किनारमा तीन जिल्ला सुरक्षा समन्वय बैठक बसेको छ। बिहिबार सुरक्षा समन्वय बैंठकमा दैलेख, कालिकोट र अछाम जिल्लाका सुरक्षा समितिका अधिकारीहरु सहभागी भएका हुन्।

दैलेखको आठविस नगरपालिकास्थित रार्कम कर्णाली बजारस्थित कर्णाली नदि किनारमा सुरक्षा अधिकारीहरुले आफ्नो जिल्लाको सुरक्षा अवस्था र निर्वाचनका बेला तीन जिल्लाबिच हुनसक्ने चुनौतीलाई सहज बनाउन आवश्यक रणनिति बनाउने जनाईएको छ।

तीन जिल्लाबिच हुने सुरक्षाका सवालमा बैंठकमा छलफल हुने जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख (डिएसपी) भुवनेश्वर प्रसाद साहले बताए। समन्वय बैंठकमा दैलेख, अछाम र कालिकोटका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, शसस्त्र प्रहरी, र राष्ट्रिय अनुसन्धानबाट जिल्ला प्रमुखहरु सहभागी छन्।