भरतपुरमा विजय सुवेदीलाई अग्रता, रेनु दाहाल झिनो मतले पछाडि

चितवन । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाललाई एमालेका उम्मेदवार विजय सुवेदीले उछेनेका छन् ।

पछिल्लो मत परिणाम अनुसार सुवेदीले ३ हजार ७५ मत ल्याउनु भएको छ भने माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ३ हजार ४६ मत प्राप्त गरेका छन् । भरतपुर महानगरमा दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ ।