पूर्व मुख्यमन्त्री यादवको आज अन्तिम संस्कार गरिने

काठमाडौं । समाजवादी पार्टीका संस्थापक तथा उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री मुलायम सिंह यादवको आज सैफईमा अन्तिम संस्कार गरिने भएको छ ।

मुलायम सिंह यादव केही दिनदेखि गुरुग्रामको मेदान्त अस्पतालमा उपचाररत थिए । उनको सोमबार बिहान ८:१६ बजे निधन भएको हो । मंगलबार दिउँसो ३ बजे सैफईमा उनको अन्तिम संस्कार गरिने समाजवादी पार्टीको आधिकारिक ट्विटर ह्यान्डलबाट जानकारी दिइएको छ ।