तीन मन्त्रालयमा मुख्यमन्त्री शाहीको छड्के अनुगमन, अधिकाँश कर्मचारी अनुपस्थित

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बुधबार तीन वटा मन्त्रालयको छड्के निरीक्षण गरेका छन् । मुख्यमन्त्री शाहीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको छड्के अनुगमन गरेका हुन् ।

तीन वटै मन्त्रालयमा अधिकांस कर्मचारीहरु अनुपस्थित थिए । चिसोको बहाना बनाएर कर्मचारी मन्त्रालयमा ढिलो उपस्थित भएका, केही जानकारीविनै मन्त्रालयमा नआएको पाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । अधिकांस कर्मचारीले चिसोको बहाना बनाएका थिए ।

मुख्यमन्त्री शाहीले समयको व्यवस्थापनमा ध्यान दिन कर्मचारीहरुहलाई निर्देशन दिएका थिए । ‘समय पैसा हो, समय जीवन हो,’ उनले भने, ‘बहाना बनाएर समय टार्ने छुट कसैलाई छैन् ।’ मुख्यमन्त्री शाहीले मातहतका मन्त्रालय, महाशाखा, जिल्ला कार्यालय, विकास योजना, सार्वजनिक सरोकारका क्षेत्रको नियमित छड्के अनुगमन गर्दै आएका छन् ।