पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय


सुर्खेत । सरकारले पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज सोमवार बसेको मन्त्रिपरिषद् बैठकले पुस २७ गते पृथ्वी जयन्तीको दिन बिदा दिने निर्णय गरेको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई समर्थन गर्न पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाउनुपर्ने र सार्वजनिक बिदा दिनुपर्ने सर्त राखेको थियो ।