
सुर्खेत । वीरेन्द्रनगरमा चङ्गा चैट प्रतियोगिता सम्पन्न भएको छ । तनाब छ जिन्दगी फाउण्डेशनको आयोजनामा चङ्गा चैट प्रतियोगिता २०७८ सम्पन्न भएको हो ।
शनिबार आयोजना गरिएको प्रतियोगितामा तिनजनालाई बिजेता घोषणा गरिएको हो । जसमा राजन श्रेष्ठ प्रथम, बिक्रम के.सी द्धितिय र सलमान खान तृतिय भएका हुन् । बिजेताहरुले क्रमश ५ हजार ५ सय ५५, ३ हजार ३ सय ३३ र २ हजार २ सय २२ रुपैयाँ पुरस्कार प्राप्त गरेकोे फाउण्डेशनका अध्यक्ष सञ्जय योगीले जानकारी दिए ।

वीरेन्द्रनगर घन्टाघरमा आयोजना गरिएको प्रतियोगितामा चङ्गा जसले काट्यो वा चैट गरायो उसैलाई बिजेता घोषणा गरिएको थियो ।
फाउण्डेशनका सह–सचिव कवि गिरीले परम्परा, मूल्य र मान्यताको सरक्षण र सम्बद्र्धनका लागि प्रतियोगिताको आयोजना गरिएकोे बताए । प्रतियोगितालाई वर्षेनी निरन्तरता दिने गिरीले सुनाए ।
प्रतियोगिताका लागि प्रथम पुरस्कार भानु ईन्टरप्राईजेज, द्धितिय पुरस्कार डि.एफ.सी रेष्ट्ररेण्ट एण्ड बार र तृतिय पुरस्कार प्रभात पोख्रेलले प्रायोजन गरेका थिए । कार्यक्रममा १५ जना प्रतियोगिको सहभागीता रहेको थियो ।

फरकबाटो १३ कार्तिक २०७८, शनिबार १९:४१