महिला दिवसको अवसरमा एकल गाएन तथा वक्तृत्वकला प्रतियोगिता


सुर्खेत । गुराँस गाउँपालिकाको आयोजनामा ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एकल गाएन तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको छ । गुराँस गाउँपालिका वडा नं ४ तालपोखरीमा आयोजना गरिएको कार्यक्रममा वडा नं ४, सोसेक नेपाल, महिला शसक्तिकरण मञ्च तथा सञ्चारिका समुह कर्णाली प्रदेशले समन्वय गरेका थिए ।

गाउँपालिकाका उपाअध्यक्ष शिवाकुमारी खड्काको अध्यक्षतामा सञ्चालित कार्यक्रममा गाएन तर्फ सुनिता सोनी प्रथम, द्धितिय दिपिका मल्ल, तृतिय खगिसरा मल्ल तथा कल्पना खड्का सान्त्वनामा भएका हुन् । यस्तै वक्तृत्वकला प्रतियोगितामा प्रथम जेनिसा मल्ल, द्धितिय देविसरा मल्ल, तृतिय दिपा मल्ल र हिमा कुमाल सान्त्वना भएका हुन् ।

गुराँस गाउँपालिका वडा नं ४ मा महिला अधिकारसंग सम्बन्धित नाराहरुसहित प्रभातफेरी समेत गरिएको थियो ।

कार्यक्रममा बोल्दै गुराँस गाउँपाकिलाका प्रमुख प्रशासकिय अधिकृत बमबहादुर केसीले महिलाहरुका लागि वर्षभरी नै महिला दिवस हुनुपर्ने बताए । उनले आफ्नो अधिकारका लागि दिवस मात्रै होइन हरेक दिन महिलाहरुले आवाज उठाउनुपर्ने बताए ।

गाउँपालिका उपाअध्यक्ष तथा कार्यक्रम अध्यक्ष शिवाकुमारी खड्काले महिलाहरुको पक्षमा गाउँपालिकाले विभिन्न कानुन निर्माण तथा कार्यक्रमहरु तय गरेको बताईन् । उनले गाउँपालिकालाई महिलामैत्री बनाउने भन्दै विभिन्न वार्षीक कार्यक्रम तयार गरी कार्यान्वयन गरेको जानकारी दिइन् । महिलाहरुले आँफुलाई परेको अप्ठ्यारोको विषयमा खुलेर भन्नुपर्ने र कानुनी प्रक्रियामा जान समेत उनले सुझाव दिइन् ।