वीरेन्द्रचोकमा पूर्वराजा वीरेन्द्रको सालिक राखियो

सुर्खेत । डेढ दशक पछि वीरेन्द्ररचोकमा पूर्व राजा स्व.वीरेन्द्र शाहको सालिक राखिएको छ । स्वतन्त्र सुर्खेतबासीको आयोजनामा उनको ७७ औं जन्मजयन्तीको अवसर पारेर बुधबार वीरेन्द्रचोकमा सालिक राखिएको हो ।

२०६२/६३ को जनआन्दोलनको समयमा पूर्व राजा वीरेन्द्रको सालिक तोडफोड भए पछि अहिलेसम्म राखिएको थिएन् । वीरेन्द्रनगर ६ का जगबहादुर बुढाले सालिक राखे पछि खुशी व्यक्त गरे ।

उनले भने, ‘वीरेन्द्रचोकमा फेरी सालिक देख्न पाउँदा खुशी लाग्यो । सुर्खेतको विकास लागि उहाँले अघि सार्नु भएको योजना राम्रो छ । पहिले सालिक तोड्फोड हुँदा नराम्रो लागेको थियो । अहिले फेरी राखे पछि उहाँलाई सम्मान गरेको अनुभुति भएको छ । पहिले पनि उहाँको सालिक फाल्नुपर्ने कारण थिएन् । ’