सुर्खेत । नाइजेरियामा आतङ्कवादीले गरेको आक्रमणमा परी करिब ४४ जना सर्वसाधारणको मृत्यु भएको छ । आक्रमणबाट ज्यान गुमाएका व्यक्तिको सम्मान र परिवारप्रति समवेदना प्रकट गर्न नाइजर सरकारले हिजोदेखि तीन दिने शोकको घोषणा गरेको छ ।
नाइजेरियाको आन्तरिक मन्त्रालयले राष्ट्रिय टेलिभिजनमार्फत कोकोरोको ग्रामिण शहरको फोनबिटामा रहेको मस्जिदमा भएको आक्रमणमा ४४ जनाको मृत्यु भएको र १३ जना घाइते भएका जनाएको रोयटर्सले जनाएको छ ।
मन्त्रालयका अनुसार मस्जिदमा प्रार्थनाको समयमा दिउँसोको समयमा आक्रमण भएको थियो । आतङ्ककारीहरूले मस्जिदलाई घेरी स्थानीय बजार तथा घरहरूमा समेत आगो लगाएको मन्त्रालयले जनाएको छ ।
फरकबाटो ८ चैत्र २०८१, शनिबार २०:०३