ठूला पार्टीले नै ल्याउँदैनन् नेतृत्वमा महिला

नेकपा एमालेको आठौं अधिवेशन भर्खरै सम्पन्न भएको छ । कर्णाली प्रदेशका आठवटा जिल्लामा एमालेले नेतृत्व चयन गरिसकेको छ । कर्णालीका दश जिल्ला मध्य दैलेख जिल्लामा विवाद सृजना र हुम्लामा मौसमको कारण पार्टीको नेतृत्व चयन नभएको नेकपा एमाले पार्टी अध्यक्ष बिनोदकुमार शाहले जानकारी दिएका छन् ।

एमाले सुर्खेतको अध्यक्षमा अमृत कुमार बि.सी, उपाअध्यक्षमा कलुमणी देवकोटा, सचिवमा कबिन्द्र कुमार केसी, उपसिचवमा घनश्याम पाण्डे र बलबहादुर नेपाली चयन भएका छन् । सुर्खेत जिल्लामा चयन भएको एमालेको जिल्ला कमिटिमा पाँचजना पदाधिकारी भित्र एकजना पनि महिला अटाउन सकेनन् । शिर्ष नेताहरुले नै त्यसको परिपञ्च मिलाउन नसकेको प्रष्ट देखिन्छ ।

जाजरकोट जिल्लाको पार्टी अध्यक्षमा खिम बहादुर शाही चयन भएका छन् । जसको उपाअध्यक्षमा गोपाल बहादुर बटाला, सचिवमा बिरबहादुर गिरी, उपसचिवमा नरबहादुर बस्नेत र गोपाल बहादुर नेपाली चयन भएका हुन् । जाजरकोटको जिल्ला नेतृत्वले समेत पाँचजना पदाधिकारी मध्य एकजना पनि महिला ल्याउने गृहकार्य गर्न सकेन ।

डोल्पा जिल्लामा शेरबहादुर बुढाको नेतृत्वमा निर्वाचित जिल्ला कमिटिको पाँचजना पदाधिकारीमा एकजना समेत महिला पर्न सकेनन् । बुढाको नेतृत्वको कमिटी उपाअध्यक्षमा विश्वचन्द्र दसाल , सचिवमा लंक बहादुर रोकाय, उपसचिवमा सुमन बुढा र धावासन्दुक गुरु¨ चयन भएका हुन् । संविधानले व्यवस्था गरेको ३३ प्रतिशत महिलाको सहभागीतालाई डोल्पा जिल्लामा समेत शुन्य स्थान दिइयो । महिलाको नेतृत्वलाई पुरुषहरुले पचाउन सकेनन् ।

यस्तै जुम्ला जिल्लाको पार्टी अध्यक्षमा शान्तीलाल महत, उपाअध्यक्षमा सुरत शाही, सचिवमा धनकृष्ण पाण्डे, उपसचिवमा प्रेम बुढा र मानबहादुर रोकाय चयन भएका हुन् । यो जिल्लामा पनि महिलालाई कुनैपनि पाँच पदाधिकारी मध्य एक पदमा अटाउन नेताहरुले सकेनन् ।

कालिकोट जिल्लामा जशी प्रसाद पाण्डेको नेतृत्वमा निर्वाचित पार्टी कमिटिको पाँच पदाधिकारीहरुमा उपाअध्यक्ष दयाराम सिंखडा, सचिवमा टेकबहादुर बुढा, उपसचिबमा मनराज शाही र ब्यासी तिरुवा रहेका छन् । यो जिल्लामा पनि महिलाको सहभागीता शुन्य नै देखियो ।

मुगु. जिल्लामा समेत अध्यक्षमा जितबहादुर मल्ल, उपाअध्यक्षमा कर्ण मल्ल, सचिवमा डबल रोकाय, उपसचिवमा नरेन्द्र रोकाय र कर्मा छिरिङ लामा चयन भए । तर एकजना महिला समेत पदाधिकारीमा अटाउन सकेनन् ।

तर रुकुम पश्चिममा नन्दराम देबकोटाको नेतृत्वको कमिटिले भने एकजना महिलालाई स्थान दिएको छ । त्यो पनि सहसचिव पदमा । उपाअध्यक्ष मनबिर घर्ती, सचिवमा ससीराम परियार र उपसचिवमा गणेश सुनार र रचना मल्ल निर्वाचित भएका हुन् ।

यस्तै सल्यान जिल्लामा समेत गोबिन्द कुमार पुनको नेतृत्वमा निर्वाचित कमिटिमा मुस्किलले उपसचिव पदमै एकजना महिला अटाइन् । जो भुमीका बिहिन पदपनि हो । उपाअध्यक्षमा भिमबहादुर सेन, सचिवमा ओझ ब बुढा, उपसचिवमा दान बहादुर केसी र पुष्पा बोहोरा चयन भएका हुन् ।

नेकपा एमालेको आठ जिल्लामा गरि ४० जना मुख्य पाँच पदमा जिल्लाका (पदाधिकारीमा) चयन भएका छन् । जसमा जम्मा दुईजना मात्रै महिला परेका छन् । ४० जना पदाधिकारीमा ३८ जना पुरुष र दुईजना मात्रै महिला चयन भएका हुन् ।

नेकपा एमाले मात्रै होइन देशकै ठुलो पार्टी भनिने नेपाली कांग्रेसको समेत हबिगत उस्तै छ । नेपाली कांग्रेसले समेत जिल्लाका पार्टी नेतृत्व पदाधिकारीमा महिलाहरुको उपस्थितीलाई स्विकार गर्न सकेन र पचाउन सकेन । दशवटै जिल्लाका नेतृत्वमा पुरुषहरुकै बर्चस्व देखिन्छ ।

नेपाली कांग्रेस सुर्खेत जिल्ला कमिटी सभापतीमा खड्कबहादुर पोख्रेल, उपसभापतीहरुमा टोपबहादुर रावत र बिष्णुबहादुर खड्का, सचिवमा देबकुमार सुवेदी र बालदिप कँडेल तथा सहसचिवमा प्रकाश डिसी र हरि विष्ट चयन भए । तर एकजना पनि महिलाको सहभागीता गराउन काँग्रेस सुर्खेतको नेतृत्वले गर्न सकेन । महिलाको भुमीका पदाधिकारीमा शुन्य नै भयो ।

नेपाली कांग्रेस कालिकोटको पार्टी सभापतीमा अम्बबहादुर शाही, उपसभापतीमा मिनबहादुर बोगटी र नन्दबहादुर शाही, सचिवमा मात्रिका सिंह र नगेन्द्र विष्ट तथा सहसचिवमा मथुराप्रसाद उपाध्याय र भरत मल्ल चयन भएका हुन् । काँग्रेस कालिकोटले समेत महिलालाई उपेक्षा नै ग¥र्यो । मनोनित हुने कोषाअध्यक्ष पद बाहेकको सातवटा पदाधिकारीमा एकजना पनि महिला अटाउन सकेन ।

नेपाली काँग्रेस सल्यान जिल्लाको पार्टी सभापतीमा केशबबहादुर विष्ट, उपसभापतीमा सन्तोष केसी र चक्र देवकोटा, सचिवमा प्रकाश भण्डारी र सेकराज बुढाथोकी , सहसचिवमा जनक गौतम र पदम बुढाथोकी चयन भएका हुन् । सातजना पदाधीकारी मध्य एकजना समेत काँग्रेस सल्यानले महिला अटाउन सकेन ।

रुकुमपश्चिमको पार्टी सभापतीमा प्रेमप्रकाश वली, उपसभापतीमा सुरतजंग मल्ल र हर्कसिंह खत्री, सचिवमा प्रमेश्वर भण्डारी र तारकबहादुर शाही तथा सहसचिवमा प्रेमबहादुर खड्का र यज्ञबहादुर विष्ट चयन भएका हुन् । मनोनित गरिने कोषाअध्यक्ष पदमा समेत मोहबिर खड्कालाई मनोनित गरिएको हो । काँग्रेस रुकुमपश्चिमले समेत आठजना पदाधीकारी मध्य एकजना महिला पनि कमिटिमा ल्याउन सकेन ।

जाजरकोटको पार्टी सभापतीमा बेदराज सिंह, उपसभापतीमा खड्क बिसी र रत्नबहादुर खड्का, सचिवमा तेजविक्रम शाह र हरिचन्द्र बस्नेत तथा सहसचिवमा खड्क बुढा क्षेत्री र छबि पन्त चयन भएका हुन् । यो जिल्लामा पनि महिलाको सहभागीता शुन्य नै देखियो ।

जुम्ला जिल्लाको पार्टी सभापतीमा कर्णबहादुर शाही, उपसभापतीमा दिपकबहादुर शाही र कर्मा बुढा, सचिवमा लक्ष्मण शाही र अर्जुनसिंह कठायत तथा सहसचिवमा नन्दप्रसाद चौलागाई र धनेन्द्र बोहोरा चयन भएका हुन् । जुम्ला जिल्लाको पार्टी नेतृत्वले समेत महिलाको सहभागीतालाई गौण ठान्यो । पदाधिकारीमा यो जिल्लामा पनि पुरुषकै बर्चस्व कायम भयो ।

डोल्पा जिल्लामा दिपेन्द्रबहादुर शाही सभापतीमा, उपसभापतीमा पुर्णबहादुर शाही र लबकुमार शाही, सचिवमा दशरथ रोकाया र हिक्मत शाही, तथा सहसचिवमा लक्ष्मण शाही र सुरेन्द्र महत चयन भएका हुन् । राजनितीमा महिला खोजेरै नपाईने डोल्पा जिल्लामा त झन् पदाधिकारीमा महिला आउने कुरै भएन । डोल्पा जिल्लाको काँग्रेसले पनि अन्य जिल्ला झैं सात पदाधिकारीमा महिलाको सहभागीतलाई शुन्य नै बनायो ।

हुम्ला जिल्लाको पार्टी सभापतीमा मोहनविक्रम सिंह, उपसभापतीमा कैलाश भण्डारी र बसन्त रोकाय, सचिवमा कृष्ण बोहरा र बिजया बोहरा तथा सहसचिवमा दिलबहादुर शाही र पालजोर लामा चयन भए । मनोनित गरिएको कोषाअध्यक्ष पदमा समेत सुर्यबहादुर शाहीलाई ल्याइयो । तर महिलाको सहभागीता हुम्लामा पनि देखिएन ।

मुगु जिल्लाको पार्टी सभापतीमा ऐनबहादुर शाही चयन भए । उपसभापतीमा हरिजंग शाही र कर्ण रावल, सचिवमा लोकेन्द्रबहादुर मल्ल र जन्मजय भण्डारी तथा सहसचिवमा शैलेन्द्रबहादुर मल्ल र उर्गेन लामा चयन भए । अन्य जिल्लामा झैं मुगु जिल्लामा पनि महिलाको सहभागीता शुन्य नै देखियो ।

तर दैलेख जिल्लामा भने पार्टी उपसभापतीमा रीताकुमारी शाहीलाई चयन गरियो । सभापतीमा मणीराम रेग्मी, अर्का उपसभापतीमा नबराज शाही, सचिवमा खेमराज वली र नारायणप्रसाद रेग्मी तथा सहसचिवमा कनक सेन र महेन्द्रबहादुर शाही चयन भए ।

काँग्रेसले दश जिल्लामा गरि ७० जना चयन गरेका पार्टी पदाधिकारीहरुमा एकजना मात्रै महिलालाई स्थान दियो । मनोनित गरिएका कोषाअध्यक्ष पदमा समेत पुरुषलाई नै चयन गरिएको हो । तर अधिकाँश जिल्लाहरुमा भने कोषाअध्यक्ष पदमा मनोनित गर्न बाँकी नै रहेको नेपाली काँग्रेस प्रदेश महामन्त्री निरञ्जन शाहीले जानकारी दिए ।

नेपाली काँग्रेस र नेकपा एमालेले गरि पार्टीको जिल्ला कमिटिमा पदाधिकारी मात्रै एकसय दश जनालाई चयन गरे तर यो संख्यामा जम्मा तिन जना मात्रै महिला अटाए ।

नेकपा माओबादीले भने बिमला केसीलाई प्रदेश अध्यक्षको जिम्मा दिएको छ तर कमिटिलाई भने अझै पुर्णता दिन बाँकी रहेको केसीले जानकारी दिईन् । उनका अनुसार जिल्लाको नेतृत्व र प्रदेश कमिटिलाई पुर्णता दिनेबारे आन्तरिक गृहकार्य भएको छ ।

समावेशी समिति निर्माण गर्नको लागि पहल भएपनि तपाई महिला नै अध्यक्ष भएपछि फेरी किन महिला चाहियो भन्ने प्रश्न पनि कार्यकर्ता तथा नेताहरुबाट आइरहेको उनले सुनाईन् ।

नेपालको संविधानले ३३ प्रतिशत महिला सहभागीताको सुनिश्चितता गरेको छ । महिला अधिकारकर्मीहरुले त झन् ५० प्रतिशत महिला सहभागीताको आवाज उठाउँदै आएका छन् । तर देशका मुख्य राजनितीक दलहरुले नै आफ्नो पार्टी नेतृत्वमा महिलाहरुको सहभागीतलाई गौण ठान्दै आएका छन् ।

नेतृत्वमा पुरषहरुकै बर्चस्वका कारण महिलाहरु आजपनि भुमीका बिहिन भएका हुन् । कर्णालीमा त झनै पुरुष हैकम अत्याधिक देखिन्छ । महिलाहरुको नेतृत्वलाई अझै पनि पुरुषहरुले नपत्याउने अवस्था कर्णालीमा कायमै छ । जसको गतिलो उदाहरण कर्णाली प्रदेशमा दुई ठुला पार्टीले जिल्लाका अधिवेशनबाट चयन गरेको नेतृत्वले प्रष्ट देखाउँछ ।