आज ३० औँ मदनआश्रित स्मृति दिवस मनाइँदै


सुर्खेत । आज ३० औँ मदन–आश्रित स्मृति दिवस मनाइँदै छ । २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा जीप दुर्घटना परी नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी तथा सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो ।

रहस्यमय मानिने यो दुर्घटनाबारे हालसम्म भएको छानबिनले कुनै तथ्य निकाल्न सकेका छैनन् ।

दुर्घटनाका एकमात्र साक्षी तथा भण्डारी र आश्रित चढेको जिपका चालक अमर लामाकोसमेत हत्या भएपछि यो घटना झनै रहस्यमय बन्न पुगेको छ ।कम्युनिष्टहरु नागरिकबाट चुनिएर मात्र सत्तामा पुग्नुपर्छ भन्ने मान्यता राख्ने भण्डारीले नागरिकको बहुदलीय जनवादको विकास गर्नुभएको थियो ।

२००९ साल असार १४ गते ताप्लेजुङमा जन्मिएका भण्डारी जननेताका रुपमा चिनिन्छिन् । मदन–आश्रित स्मृति दिवसका अवसरमा आज एमाले र एमालेका भातृ संगठनहरुले विभिन्न कार्यक्रम गर्दै छन् । यस्तै, एमालेबाट अलग्गिएर बनेको एकिकृत समाजवादीले पनि मदन–आश्रित स्मृति दिवसका अवसरमा कार्यक्रम गर्दैछ ।