
सुर्खेत । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशका अधिकाँश स्थानहरुमा पानी परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पुर्ण बदली रहि अधिकांश स्थानहरुमा वर्षा भैरहेको छ भने उच्च पहाडी तथा हिमाली जिल्लाहरुमा हिमपात भइरहेको छ ।
पानी पर्न थालेसँगै देशभरको अधिकतम तापक्रम घटेको छ । वीरेन्द्रगरसहित जुम्ला, काठमाडौं, नेपालगञ्ज, धनगढी, विराटनगर, जनकपुर, धनकुटालगायतका सबैजसो ठाउँको अधिकतम तापक्रम घटेको छ । जुम्ला, जोमसोम र जिरीको तापक्रम माइनसमा झरेको छ । जुम्लाको न्यूनतम तापक्रम माइनस ४ डिग्री सेल्सियस छ । अधिकतम तापक्रम घट्दै गएकाले चिसो अझै बढ्ने जनाइएको छ ।
यस्तै, तराईका जिल्लामा वर्षासँगै चिसो स्याँठ चल्न थालेको छ । यसले त्यहाँको जनजीवन कष्ठकर भएको छ ।

फरकबाटो १४ पुष २०७८, बुधबार ०७:२९