युनाइटेड इन्स्योरेन्सद्वारा सामूहिक बाख्रा विमा कार्यक्रम सुरु

सुर्खेत । युनाइटेड इन्स्योरेन्सद्वारा सामूहिक बाख्रा विमा कार्यक्रम सुरु भएको छ । भेरीगंगा नगरपालिकाको समन्वयमा लिर्बड र रिनीयवल वर्ड परीयोजनाको आर्थिक सहयोग र युनाइटेड इन्स्योरेन्सको साझेदारीमा सामूहिक बाख्रा विमा कार्यक्रम सुरु गरिएको हो ।

भेरीगंगा नगरपालिका वडा नं ५ हातिखाल र गेरुवानीमा सामुहिक बाख्रा बिमा कार्यक्रम सन्चालन गरिएको हो । सामुदायीक स्तरमा कृषकलाई तीन हजार बाख्राको बिमा गराउने लक्ष्य रहेको परीयोजनाका कर्णाली प्रदेश प्रमुख ॠषिराम वलीले बताए ।

कार्यक्रममा पशु बिमाको महत्व र यसबाट हुने फाइदा र दाबि भुक्तानी प्रकृयाबारेमा युनाइटेड इन्स्योरेन्स सुर्खेत शाखाका प्रमुख धिरेन्द्र कुमार शाहीले कृषकलाई जानकारी गराएका थिए ।

कार्यक्रममा भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञ प्रसाद ढकालले युनाइटेड इन्स्योरेन्स कम्पनीको पशु सङकेत (पट्टा) कृषकको बाख्रालाई लगाइ दिएर कार्यक्रमको उद्घाटन गरेका थिए ।

यस्तै प्रमुख ढकालले राष्ट्रिय निकुञ्ज मध्यबर्ती क्षेत्र भएकाले कृषकको पशु चौपाया र बाली नाली वर्षेनी जंगली जनावरको आक्रमणबाट क्षति बेहोर्नु पर्ने भएकाले यसबाट हुने हानी नोक्सानी कम गर्नका लागी र नियमीत व्यवसाय गर्नका लागी बिमा गर्नुपर्ने बताए ।

कृषकहरुलाई नगरपालिकाले समेत सहयोग गर्ने प्रतिवद्धता प्रमुख ढकालले व्यक्त गरेका छन् ।