काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा सात सय ४७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा आठ हजार ६ सय ९६ जनाको नमुना परीक्षण गर्दा सात सय ४७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यस अवधिमा दुई हजार तीन सय १९ जना निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण आठ जनाको मृत्यु भएको छ ।
फरकबाटो २ फाल्गुन २०७८, सोमबार १८:१२