
सुर्खेत । सुर्खेतका पत्रकार रमेश कुमार पाण्डे खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मानित भएका छन् ।
आइतबार एक कार्यक्रमको आयोजना गरी नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले पत्रकारिताको माध्यमबाट खेलकुद क्षेत्रको विकासमा पु¥याएको योगदानको कदर गर्दै पाण्डेलाई सम्मान गरेको हो ।
कर्णाली प्रदेशबाट खेलकुदको विकास र विस्तारमा योगदान पु¥याएको भन्दै मन्त्रीस्तरबाट निर्णय भए बमोजिम पाण्डेलाई खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मान गरिको छ । उनलाई नगद २५ हजार र प्रमाणपत्रसहित सम्मान गरिएको हो ।
सुर्खेतको वीरेन्द्रनगरमा रहेर विगत १० वर्षदेखि पत्रकारिता क्रियाशिल रहेका छन् । हिमालयन टेलिभिजन कर्णाली प्रतिनिधिका रुपमा कार्यरत उनी गुँरास खबर डटकमबाट पुरस्कृत र सम्मानित भएका हुन ।

फरकबाटो ४ पुष २०७८, आईतवार १८:१९