एकीकृत समाजवादी जुम्लाको सिङ्गो जिल्ला कमिटी एमाले प्रवेश

जुम्ला । माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी जुम्लाका अध्यक्ष सहितको बहुमत सदस्य नेकपा एमाले पार्टिमै फर्केका छन्। नेकपा एकीकृत समाजवादी र एमालेका जिल्ला अध्यक्ष दुबै जनाले संयुक्त विज्ञप्ति निकालेर पार्टी एक भएको घोषणा गरेका हुन्।

एकीकृत समाजवादी जुम्लाका अध्यक्ष आदि प्रसाद न्यौपानेले दुई पार्टीका जिल्ला अध्यक्षले संयुक्त विज्ञप्ति निकालेर पार्टी समायोजनको बताए । उनले माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पाटीको कुनै औचित्य नहेको बताए। उनले भने, ‘बहुमत सदस्य सहित सबै ऐमालेमै फर्केका छौ।’

मंसिर ४ मा  हुने निर्वाचनमा ऐमाले पाटीलाई पहिलो पाटी बनाउनका लागी एक मत भएको बताए । उनीहरुले (सोमवार) ऐमालेको पाटी कार्यलयमा  पत्रकार भेटघाट कार्यक्रम गरि दुबै पाटी एक भएको  घोषणा गरेका छन्।  पछिल्लो समय निर्वाचित जनप्रतिनिधि बाहेक अधिकांश नेता कार्यकर्ता एमाले फर्किन लागेको एक नेताले जानकारी दिएका छन्।  नेकपा एमालेबाट विद्रोह गरेर माधवकुमार नेपालको नेतृत्वमा पार्टी विभाजन भएपछि एकीकृत समाजवादीको सबैभन्दा धेरै प्रभाव जुम्ला जिल्लामा परेको थियो।

पछिल्लो समय समाजवादीको उच्च तहको नेतृत्वमा रहेका नेता कार्यकर्ताले विद्रोहको ओैचित्यतामाथि प्रश्न उठाएर पार्टी एकताको बहस चलाएपछि बहुमत कार्यकर्ता एमालेमा फर्किन राजी भएको ऐमालेका अध्यक्ष शान्तिलाल महतले बताए।

उनका अनुसार पार्टी एकतापछि जुम्लामा एमाले बलियो हुने दाबी गरीएको छ ।  एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार रतननाथ योगी रहेका छन्। भने प्रदेश (क) मा धिरेन्द्रराज गिरी र प्रदेश (ख) मा टेकराज पछाई उम्मेदवार बनेका छन्।

त्यस्तै नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य तीर्थ बुढाले नेकपा एकीकृत समाजवादी पाटी  एर्थावत रहको बताए। उनले  बहुमत सदस्य सहित सबै एमालेमै फर्केको  भन्ने हल्ला मात्रै रहेको दाबी गरे।

यस्तै नेकपा एकीकृत समाजवादी पार्टीले जुम्ला र कर्णाली प्रदेश कमिटीका विभिन्न जिम्मेवारीमा रहेका नेताहरुलाई निष्काशनको घोषणा समेत गरेको छ। पार्टी महासचिव डा वेदुराम भुसालले सोमबार जारी गरेको विज्ञप्तिमा नेताहरु देवीलाल थापा, आदीप्रसाद न्यौपाने, नन्दराम रोकाया, रतनबहादुर रोकाया र धर्मराज रावललाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिएको उल्लेख छ।