
सुर्खेत । प्रकाश गुरुङ्ग नेपाल मजनुर किसान पार्टी प्रतिनिधि सभा दैलेख क्षेत्र नं १ बाट प्रत्यक्षतर्फका उम्मेदवार हुन् । गुराँस गाउँपालिका ४ रतिखोला दैलेख घर भएका उनी ३१ वर्षका भए ।
कृषि तथा बन विज्ञान विश्वविद्यालय चितवनबाट बालि विज्ञानमा स्नातकोत्तर गरेका उनले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा प्रतिनिधि सभामा प्रत्यक्ष उम्मेदवारी दिएका छन् ।
उनको प्रतिस्प्रर्धा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका रबिन्द्रराज शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुन्तीकुमारी शाही र बामगठबन्धनका तर्फबाट उम्मेदवार अम्मरबहादुर थापासंग हुँदैछ ।
बुवा हस्तबहादुर गुरुङ्ग र आमा नर्माकुमारी गुरुङ्गको कोखबाट जन्मिएका प्रकाश २०६१ सालदेखी विद्यार्थी राजनितिमा प्रवेश गरेका हुन् ।
नेपाल क्रान्तिकारी विद्यार्थी संघको जिल्ला सदस्य हुँदै उनी हाल केन्द्रिय अध्यक्ष समेत भइसकेका छन् । नेमकिपाको पुरानो बिरासत फर्काउन र नागरिकको चाहाना बमोजिम नै आँफु निर्वाचनमा होमिएको उनले बताए ।
पार्टीको सिद्धान्त बमोजिम समाजबादी व्यवस्थासंगै साम्यबादी व्यवस्थका लागि नागरिकले मादल चिन्हमै भोट हाल्नुपर्ने उनले बताएका छन् ।
नेपालमा कृषि क्षेत्र अपहेलित बन्दै गएको अवस्थामा नेमकिपाले कृषि क्रान्तीबाटै देश बन्ने र नेपालमै मल कारखाना खोल्नुपर्ने, रैथाने बालीहरुको संरक्षण गर्नुपर्ने, देशको रक्षको लागि समेत आवाज उठाउँदै आएकोले निर्वाचनमा जित भएपछि पार्टीको सिद्धान्त र घोषणापत्र बमोजिमकै काम गर्ने बताए ।
‘धेरै पार्टीहरुले घोषणापत्र बमोजिम कामै गर्दैनन् , उनले भने “ जब घोषणापत्रमा लेखिएबमोजिम निर्वाचित जनप्रतिनिधिले काम गर्दैनन् अनी कसरी नागरिकको मनोभावना पुरा हुन्छ ?
नेपाल मजदुर किसान पार्टीको तर्फबाट आँफुले निर्वाचन जितेपछि संविधानमा उल्लेख भएबमोजिम शिक्षा, स्वास्थ्य लगाएतका कुराहरु निशुल्क दिने, नागरिकहरुलाई रोजगारीको ग्यारेण्टि गर्ने र रोजगारी दिन नसकेको खण्डमा बेरोजगार भत्ता दिने, महिलाहरुलाई अवसर दिनका लागि ठाउँ ठाउँमा बालउद्यान, शिशुस्याहार केन्द्र स्थापना गर्ने, कृषि गर्नेहरुलाई सम्मानित भएर बाँच्ने वातावरण सृजना गर्ने प्रतिवद्धता उनको छ ।
राजनितिमा युवाहरु सक्रिय नभइकन देशले मुहार नफेर्ने उनको तर्क छ । दैलेखी जनताका लागि आँफु र आफ्नो पार्टीको आवश्यकता भएको गुरुङ्ग बताउँछन् ।

फरकबाटो ३ कार्तिक २०७९, बिहीबार १९:५०