सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा तिनजनाको मृत्यु


सुर्खेत । सल्यानमा गुडिरहेको बसमा करेन्ट लागेर तिनजनाको मृत्यु भएको छ । कपुरकोट गाउँपालिका ३ चोरखोला स्थित राप्ती राजमार्गमा दाङ् तुल्सिपुरदेखि रोल्पातर्फ जाँदै गरेको बसमा करेन्ट लागेर तिनजनाको मृत्यु भएको हो ।

रा.१.ख. ८३४ नं को बसमा करेन्ट लागेर गंगादेव गाउँपालिका ४ रोल्पाका करिब ७२ वर्षीय बालाराम डांगी, बालाराम डांगीका करिब ४२ वर्षीय छोरा टोपलाल डांगी र छत्रेश्वरी गाउँपालिका ६ सल्यानका करिब ३३ वर्षीय गाडी साहु महेन्द्र ओलीको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

सडकको छेउमा रहेको ३३ के.भि प्रशारण लाइनको विद्युत्को पोल सपोटका लागि छेउमा तार (स्टे) मा बस छोईदा बसमा करेन्ट लागेको हो । बसमा सवार करिब २० जना मध्ये तिनजनालाई करेन्ट लागेको थियो । दुईजनाको घटनास्थलमै मृत्यु भएपनि एकजनाको राप्ती प्रादेशिक अस्पताल दाङ्मा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।