सुर्खेत । कर्णाली प्रदेशसभाबाट पारित भएका चार वटा विधेयक प्रमाणीकरण भएका छन् । नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख तिलक परियारबाट विधेयक प्रमाणीकरण गरिएको हो ।
प्रदेश सभा सचिवालयका अनुसार २०७९ साउन २३ गते प्रदेशसभा सचिवालयसम्बन्धी ( पहिलो संशोधन ) ऐन, २०७९ प्रमाणीकरण भएको हो ।
यस्तै मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवा शर्तसम्बन्धी (पहिलो संशोधन ) ऐन २०७९ साउन २३ गते, प्रदेश लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवाका सर्त र सुविधा सम्बन्धी ऐन २०७९, साउन २५ गते र प्रदेश लोक सेवा आयोगको (दोस्रो संशोधन) ऐन २०७९ साउन २६ गते प्रमाणीकरण भएको प्रदेश सभा सचिवालयका सचिव जिवराज बुढाथोकीले जानकारी दिए ।
फरकबाटो २७ श्रावण २०७९, शुक्रबार १७:३९