कंगोमा विद्रोहीको आक्रमणबाट मारिएका नेपाली सेना गुरुङ्गको अन्तिम दाहसंस्कार गरियो

सुर्खेत । कंगोमा विद्रोहीको आक्रमणमा परी ज्यान गुमाएका गुर्भाकोट नगरपालिका १४ जहरेका अनिल गुरुङ्गको अन्तिम दाहसंस्कार गरिएको छ ।

चैत २२ गते विद्रोहीको आक्रमणबाट घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको थियो । बुधबार सुर्खेत ल्याएर भेरी नदिमा अन्तिम दाहसंस्कार गरिएको हो ।

 नेपाली सेनाले आज श्रद्धाञ्‍जली तथा अन्तिम सम्मान अर्पण गरेको थियो   । छाउनीस्थित वीरेन्द्र अस्पतालमा आयोजित उक्त श्रद्धाञ्‍जली तथा अन्तिम सम्मान अर्पण कार्यक्रममा प्रधान सेनापति प्रभुराम शर्माले गुरुङ्गको पार्थिव शरीरमा नेपाली सेनाको झण्डा ओढाई अन्तिम श्रद्धाञ्‍जली व्यक्त थिए । रक्षा सचिव किरणराज शर्माले फूलमाला चढाई अन्तिम श्रद्धाञ्‍जली अर्पण गरे । संयुक्त राष्ट्रसंघले गुरुङ्गको पार्थिव शरीरमा यूएनको झण्डा ओढाई सम्मान प्रकट गरिएको थियो ।

गुरुङ्गको पार्थिव शरीरमा फूलमाला अर्पण गरेपश्चात नेपाली सेनाको टुकडीले अन्तिम सम्मान स्वरुप सलामी अर्पण गरेको थियो । प्रधान सेनापति शर्माले अन्तिम दाहसंस्कारको लागि नेपाली सेनाबाट प्रदान हुने रकम मृतकका परिवारजनलाई हस्तान्तरण गरेका थिए ।

उक्त श्रद्धाञ्‍जली तथा अन्तिम सम्मान कार्यक्रम पश्चात गुरुङ्गको पार्थिव शरीरलाई नेपाली सेनाको हेलिकप्टरद्वारा सुर्खेत ल्याएर परिवारले अन्तिम दाहसंस्कार गरिएको हो ।