डोल्पामा जङ्गलमा लागेको आगो निभाउन खोज्दा लडेर एक जनाको मृत्यु

डोल्पा । जङ्गलमा लागेको आगो निभाउन खोज्दा लडेर घाइते भएका डोल्पाको जगदुल्ला गाउँपालिका–१ हुरीकोटका ६० वर्षीय धावाटसी लामाको मृत्यु भएको छ ।

हुरिकोटमा आगो निभाउँदै गर्दा लडेर गम्भीर घाइते लामालाई हेलिकप्टरमा नेपालगञ्ज पुर्याएपछि गएराति ज्यान गएको प्रहरीले जनाएको छ ।

आगो अझै नियन्त्रणमा आउन नसकेको त्यहाँका स्थानीय बासिन्दा टेकबहादुर शाहीले बताए ।