सांसदको लोगो बनाउन करिब १६ लाख रुपैयाँभन्दा धेरै खर्च


सुर्खेत । सांसदको लोगो बनाउन करिब १६ लाख लागेको छ । संसद् सचिवालयले सुन, चाँदी र तामा जडित प्रतिलोगो पाँच हजार आठ सय रुपैयाँको लागतमा तयार भएको जनाएको छ ।

सङ्घीय संसद् सचिवालय आउँदो ७ गते बिहीवार प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यलाई शपथ ग्रहण गराउन गृहकार्यमा जुटेको हो । त्यसका लागि धेरै तयारी लगभग पूरा भइसकेको संसद् सचिवालयले जनाएको छ ।

सचिवालयले शपथसँगै नवनिर्वाचित सदस्यलाई सङ्घीय संसद्को प्रतीक चिह्न लोगो प्रदान गर्नेछ । लोगो तयार भइसकेको छ ।

हिसाब गर्दा दुई सय ७५ वटा सांसदका लागि लोगो बनाउन १५ लाख ९५ हजार रुपैयाँ परेको देखिएको हो । सचिवालयले केही थान लोगो बढी नै छाप्ने भएकाले १६ लाख रुपैयाँभन्दा धेरै खर्च भएको अनुमान छ ।