नेपालमा आधिकारिक रूपमा दर्ता भयो टिकटक

सुर्खेत । सामाजिक सञ्जाल प्लेटफर्म टिकटक आधिकारिक रूपमा नेपालमा दर्ता भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरले टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता भइसकेको जानकारी दिए।

ुटिकटकले प्रक्रिया पुर्‍याएर आएसँगै आधिकारिक दर्ता भइसकेको छ। तिहारअघि नै दर्ता प्रक्रिया सम्पन्न गरिएको हो । टिकटक सामाजिक सञ्जाल व्यवस्थित गर्ने निर्देशिकाबमोजिम दर्ता भएको मन्त्रालयका प्रवक्ता ठाकुरले बताएका हुन् ।

ुटिकटकले कागजात उपलब्ध गराउन कात्तिक तेस्रो सातासम्मको समय मागे पनि कात्तिकको सुरूमै कागजात उपलब्ध गराएको थियो। दुई सय पृष्ठको कागजात अध्ययन गरिसकेपछि दर्ता गरिएको हो।

टिकटकले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने सामग्रीहरूमा सहयोग गर्ने, डिजिटल साक्षरताका विषयमा सहयोग गर्ने लगायतका नेपाल सरकारले तोकेका सर्तहरू पनि पूरा गर्ने जनाएको छ।

सरकारले गत वर्ष फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जाल सूचीकृत नगरे बन्द गर्ने निर्देशिका मन्त्रिपरिषदबाट पारित गरेको थियो। जसअनुसार सूचना जारी गरेको तीन महिनाभित्र सूचीकृत हुनुपर्ने व्यवस्था गरेको थियो।

तर २०८० कात्तिक २७ मा नेपालमा टिकटक बन्द गर्ने निर्णय गरिएको थियो। अघिल्लो सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धबारे नेपाली कांग्रेस, रास्वपा, राप्रपा लगायतका दल र सरोकारवाला व्यक्तिहरूले विरोध जनाएका थिए।

टिकटकले नेपालको नीति नियममा बसेर सञ्चालन गर्न तयार हुँदाहुँदै पनि प्रतिबन्ध लगाइएको भन्दै उनीहरूले आपत्ति जनाएका थिए। त्यस्तै दुई पटकसम्म प्रतिबन्ध फुकुवा गर्न टिकटकलाई पत्र पठाएको थियो।

वर्तमान सरकार गठन भएपछि गत भदौ ६ गते मात्रै टिकटक प्रतिबन्ध फुकुवा गर्ने निर्णय भएको थियो। यससँगै आधिकारिक दर्ता गरेर सञ्चालन गर्नको लागि टिकटकले समय माग गरेको थियो।

आधिकारिक रूपमा दर्ता भएसँगै सरकारले टिकटकबाट पनि राजस्व उठाउने बाटो खुलेको र नियमन पनि सहज रूपमा गर्न सक्ने मन्त्रालयका प्रवक्ता ठाकुरले बताए।

टिकटकमा आपत्तिजनक कन्टेन्ट आएको छ भने त्यसलाई सञ्चार मन्त्रालयलेनै पत्राचार गरेर हटाउन ठाुकरले बताए । टिकटकको सिंगापुरस्थितको कार्यालयले नेपाल हेर्ने ठाकुरले बताए।
साभार :  सेतोपाटी