आज विश्व पृथ्वी दिवस स् पर्यावरण र वातावरण संरक्षणमा जोड दिएर मनाइँदै


सुर्खेत । आज विश्व पृथ्वी दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विश्व पृथ्वी दिवसका दिन नेपालमा पनि विभिन्न कार्यक्रम गरिन्छ । दिवसको अवसरमा पर्यावरण तथा वातावरण संरक्षण सम्बन्धी जनचेतनामूलक कार्यक्रम हुँदै आएका छन् ।

रुख रोप्ने, हरियाली बढाउने, साइकल चलाउने र सकेसम्म पुनस्प्रयोग गर्न मिल्ने ऊर्जा तथा प्लास्टिकको कम प्रयोगमा जोड दिने गरिन्छ । पृथ्वीमा बढ्दो जनसङ्ख्या, अव्यवस्थित सहरीकरण र तीव्र औद्योगीकरणले समस्या निम्ताएको छ । यीनै समस्याहरूको न्यूनीकरण गर्न र मानिसमा यसबारे जागरण ल्याउन यो दिवस मनाउने गरिन्छ ।

पृथ्वीको बढ्दो तापमान अहिलेको मुख्य चुनौती बनेको छ । बर्सेनि शून्य दशमलव १८ डिग्री सेन्टिग्रेडका दरले पृथ्वीको तापक्रम वृद्धि भइरहेको छ । जसका कारण पृथ्वीको उत्तरी ध्रुवमा बरफका चुचुरा पग्लिँदै गएका छन् । प्राकृतिक विपद्का घटनामा वृद्धि भइरहेका छन् ।

सन् १९७० अप्रिल २२ तारिखमा विश्वमा पहिलो पटक यो दिवस अमेरिकाले मनाएको थियो । सन् २००९ मा संयुक्त राष्ट्रसङ्घको ६३ औँ महासभाले अप्रिल २२ तारिखलाई विश्वभर पृथ्वी दिवसका रुपमा मनाउने निर्णय गरेअनुसार अहिले यो दिवस विश्वभर मनाइन्छ ।