राष्ट्रपतिमा एमालले अघि सारेको व्यक्तिनै सत्ता साझेदारको साझा उम्मेदवार हुन्छ : योगेश भट्टराई


सुर्खेत । राष्ट्रपतिमा एमालेले अघि सारेको व्यक्ति नै सत्ता साझेदारको साझा उम्मेदवार हुने एमाले सचिव योगेश भट्टराईले बताएका छन् । नेकपा एमालेको मिशन ग्रासरुट अभियानका सन्दर्भमा कर्णाली प्रदेशको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै नेता भट्टराईले राष्ट्रपतिको उम्मेदवार नेकपा एमालेले नै पठाउने र सत्ता साझेदारकाबिच एमालले पठाएको उम्मेदवार नै राष्ट्रपतिमा सर्वसम्मत हुने बताएका हुन् । प्रेश चौतारी नेपाल कर्णाली प्रदेश समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा एमाले कर्णाली प्रदेशका अध्यक्ष बिनोदकुमार शाह, नेता दल रावलल लगाएतको सहभागिता रहेको थियो ।

सरकार निर्माणका क्रममा ढाई-ढाई वर्षको प्रस्ताव नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्डले) नै राखेको उनले सुनाए । कुनैपनि हालतमा सत्ता साझेदारहरुले पाँचैवर्ष सरकार टिकाउने उनले तर्क गरे ।