
सुर्खेत । गुर्भाकोट नगरपालिकामा सञ्चालित कसैलाई पछाडी नछोडौँ (कोभिड-१९) हरित पुर्नउत्थान परियोजनाका आज अनुगमन गरिएको छ । गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुन, उपप्रमुख नैना बि.क तथा पशु तथा कृषि शाखा प्रमुखहरुको सहभागीतामा अनुगमन सम्पन्न भएको हो । नगरका ४,५,८,१०,११,१२ र १३ नं वडाहरुमा अनुगमन गरिएको अन्तरनिर्भर समाज सुर्खेतका कार्यकारी निर्देशक विवेक शाहीले जानकारी दिए ।

अनुगमनपछि परियोजना सक्षम भएको टिप्पणी समेत नगरको टिमले गरेको हो । गुर्भाकोट नगरपालिकामा यु.एन.डि.पी, अन्तर्रनिर्भर समाज तथा गुर्भाकोट नगरपालिको साझेदारीमा परियोजना सञ्चालनमा छ । परियोजनाले नगरका पिछडिएका समुदायहरुलाई आत्मनिर्भर बनाउनका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

फरकबाटो ५ पुष २०७९, मंगलवार २१:१९