अपाङ्गता भएका महिलाहरुको महासंघ कर्णाली प्रदेशको नयाँ कार्यसमिति गठन

सुर्खेत । अपाङ्गता भएका महिलाहरुको महासंघ कर्णाली प्रदेशको नयाँ कार्यसमिति गठन गरिएको छ । शुक्रबार वीरेन्द्रनगरमा  तुल्सी बुढाको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको हो ।

महांसघको उपाध्यक्षमा पानकली बुढा, महासचिवमा डिल कुमारी चौधरी, सचिवमा बिमला बुढा र कोषाध्यक्षमा रत्ना राना चयन भएका छन् ।

सदस्यहरुमा पूर्णिमा भट्टराई, ललिसरा घर्ति, दुर्गा दाहाल र चन्द्रा गुरुङ रहेका छन् ।

यस्तै अपाङ्गता भएका महिलाहरुको महासंघ कर्णाली प्रदेशले लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको अवसरमा अपाङ्गता भएका महिलामाथि हुने हिंसा र चूनौती विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ ।

प्रदेश स्तरमा रहेका अपाङ्गगता भएका महिलामाथि हुने हिंसाको न्यूनिकरण गर्न नीति निर्माण तथा कार्यान्वयन प्रभावकारी गराउन सहभागिहरुले सुझाव दिएका छन् । कार्यक्रममा ३५ जना सहभागि थिए ।