मानव सेवा आश्रमलाई न्यानो कपडा सहयोग

सुर्खेत । केएस फेन्सी कलेक्सन वीरेन्द्रनगरले मानव सेवा आश्रम सुर्खेतलाई न्यानो कपडा सहयोग गरेको छ ।

मानव सेवा आश्रम युवा परिवारको समन्वयमा केएस फेन्सी कलेक्सनले आश्रममा रहेका व्यक्तिहरुका लागि न्यानो कपडा सहयोग गरेको हो ।

कलेक्सनका प्रोपाइटर केशव गौलीले व्यापार व्यवसायीसँगै सामाजिक दायित्व पनि रहेको भन्दै आश्रमलाई सहयोग गरेको बताए ।

युवा परिवारका संयोजक महेन्द्र कुमार थापाले आश्रमका जिल्ला संयोजक संजिता गौतमलाई कपडा हस्तान्तरण गरेका हुन् । आश्रमलाई ७० थान न्यानो कपडा वितरण गरिएको हो ।

सडक मानवरहित बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको संयोजक थापाले बताए । आश्रममा हाल ७० जना आश्रीत व्यक्तिहरु छन् । उनीहरुको खाना, स्वास्थ्य उपचार तथा लत्ताकपडाको व्यवस्थापन आश्रमले गर्दै आएको छ । आश्रममा विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले सहयोग गर्दै आएका छन् ।